बझाङ । बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालीकामा धामीझाँक्रीसंंग अन्तरक्रिया कार्यक्रम गरेको छ । रीड नेपाल र ग्रीनतारा नेपालको संयुक्त साझेदारिमा सञ्चालीत गरिमा परियोजनाले धामीझाँक्रीसंंग छाउपडि प्रथाका बारे एक दिने अन्तरक्रिया गरेको छ ।

धामीझाँक्रीसंगको अन्तरक्रियात्मक कार्यक्रममा धामीझाँक्रीहरुले अन्धविश्वासको रुपमा समाजमा रहेको छाउपाडी प्रथालाई निर्मुल पार्न सबैले लाग्नुपर्ने बताएका छन् । आफ्ना कुले देवता रिसाउने, घरमा अनिष्ट हुने लगायतका डर देखाई यसका पक्षमा निरन्तर वकालत गर्ने पुरोहित र धामीझाँक्रीले आफुहरुलाई पहिलाको भन्दा अहिले धेरै सहज भएको बताएका छन् ।गाउँपालीका भित्र विभिन्न देवीदेवताको अवतार हुने २६ जना धामीझाँक्रीको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा खप्तड छान्ना गाउँपालीकाको पाटादेवल र गडरायका आमा समुहका, सासु समुहका, महेश्वरि माध्यमीक विद्यालयका किशोरी क्लब, पाटादेवल माध्यमीक विद्यालयका किशोरी क्लब लगायतको सहभागी रहेको थियो ।

रीड नेपाल र ग्रीन तारा नेपाल साझेदार संस्थाको रुपमा रहेका छन् भने आर्थिक सहयोगमा जर्मन को अपरेसन, करुणा र करुणा डचल्याण्ड रहेको छ । गरिमा परियोजनाका डोनर जर्मन नागरिक अमोघमति सुसानेको उपस्थितीमा खप्तड छान्ना गाउँपालीका– ७ गडरायमा सञ्चालन गरिएको कार्यक्रमको सहजिकरण ग्रीनतारा नेपालका कार्यकारी निर्देशक रामचन्द्र सिरुवालले गरेको थियो भने उक्त कार्यक्रममा रीड नेपालका कार्यक्रम निर्देशक दिल्ली प्रसाद डोटेल, ग्रीनतारा नेपालकी कार्यक्रम प्रबन्धक सलिता गुरुङ परियोजनाका कर्मचारी लगायतको उपस्थिति रहेको फिल्ड मेनेजर बिक्रम जोशीले बताए ।

यस अघि गरिमा परियोजनाले बाजुराको खप्तड छेडेदह गाँउपालीका र बझाङको खप्तडछान्ना गाँउपालिकाका दुवै पालिकामा रहेका देवताका धामी र मन्दिरका पुजारीहरुलाइ पोखरामा लिएर छाउपडी प्रथा सम्वन्धी अभिमुखीकरण गरेको छ, भने उक्त संचालन रहेको पालिका भित्रका मा.वि स्कूलहरुमा सरसफाइ सामग्री वितरण गरेको थियो।