info@reednepal.org
(977) 1 5521942 / 5010980, Hotline number: 9840088343, Child safeguarding focal person number

Blog

विपद व्यवस्थापन तथा योजना निर्माण सम्बन्धि तालिम सकियो

काठमाडौँ । राजधानीमा विपद व्यवस्थापन तथा योजना निर्माण तालिम सम्पन्न भएको छ । टोखा नगरपालिकाको धापासीस्थित तिलिङ्गटार माध्यमिक विद्यालयमा चारदिने विपद व्यवस्थापन तथा योजना निर्माण तालिम सम्पन्न भएको हो । नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत विपद उत्थानशील विद्यालय योजना अन्तर्गत निर्माण तथा क्षमता विकासका कार्यक्रमहरु संचालनका क्रममा तिलिङ्गटार माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक, शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति तथा नगरापालिकाका प्रतिनिधिहरुलाई IERC-ERTech Consultancy-REED Nepal- ECoCoDE Nepal-Strength J/V लगायतका संघ संस्थाहरुको सहयोगमा सो चार दिने तालिम भएको थियो ।

तालिममा सहभागिहरु

प्राकृतिक प्रकोपहरु जस्तैः भूकम्प, आगलागि, बाढी पहिरो, हावाहुरी, वायुप्रदुषण, शीतलहर, हिमपात लगायतबाट हुने हानी नोक्सानी र जोखिम कम गर्न चार दिने तालिम आयोजना गरिएको थियो । चारदिने तालिमलाई REED Nepalका प्रमुख रामनाथ ओझाले मुख्य रुपमा सहजीकरण गरेका थिए भने उत्सव बोगटी र सुमित्रा मगरातीले सहजीकरण गरेका थिए ।


Advertisement
 


तालिममा सहभागीहरुलाई प्रयोगात्मक रुपमा चार दिनसम्म प्राकृतिक विपद आउनु अघि, आएको समयमा र विपद आइसकेपछि जोखिम न्यूनीकरण गर्न कसरी तयारी गर्ने ? भन्ने बारेमा तालिम प्रदान गरिएको मुख्य सहजकर्ता तथा तालिम प्रमुख REED Nepalका प्रमुख रामनाथ ओझाले बताए ।

चारदिने तालिमको अन्तिम दिन आइतबार तालिम समापन कार्यक्रममा बोल्दै टोखा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नरोत्तम रानाले विद्यालयमा यस्ता तालिम हुनु सराहनीय कार्य भएको धारणा व्यक्त गरे । तालिम समापन कार्यक्रममा उनले तालिम पछि विद्यालयको सेरोफेरो प्राकृतिक विपदको जोखिमबाट हुने क्षतीबाट बच्न उल्लेख्य सहयोग हुने विस्वास व्यक्त गरे ।

तालिममा सहभागीबीच अन्तरक्रिया गरिदै

तालिम समापन कार्यक्रममा बोल्दै विद्यालयका सहायक प्रधान अध्यापक ध्रुव अर्यालले विद्यालयमा विपदबाट हुने क्षति न्यूनीकरण गर्नलाई वडा र नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । समापन कार्यक्रममा अभिभावकको तर्फबाट बोल्दै प्रतिभा कुँवरले यस्ता कार्यक्रमबाट क्षति न्यूनीकरण गर्न विद्यालयमा मात्रै नभएर घरमा पनि सहयोग पुग्ने धारणा व्यक्त गरेकी थिइन् । तालिम समापन कार्यक्रममा विद्यार्थीको तर्फबाट आफ्नो धारणा राख्दै एसन गुरुङले सो तालिमबाट विद्यार्थीहरुलाई विपदबारे धेरै कुराको जानकारी प्राप्त भएको धारणा व्यक्त गरे ।

तालिममा सहभागीहरुले चारदिनको तालिमबाट सिकेका विषयहरुलाई समेटेर तिलिङ्गटार माध्यमिक विद्यालयमा विपद जोखिम न्यूनीकरणमा गर्नुपर्ने विषय समेटेर एक पुस्तक तयार पारेका छन् भने सहभागिहरुले चारदिने तालिमको खाजाभत्ता स्वरुप प्राप्त रकमबाट कटाएर विद्यालयमा विपद व्यवस्थापन कोष समेत खडा गरेका छन् ।

तालिममा सहकिएपछि सहभागीलाई प्रमाणपत्र प्रदान गरिदै

तालिमको अन्तिम दिन आइतबार तालिम समापन कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । तालिम समापन कार्यक्रम विद्यालयका प्रधान अध्यापक सरोजकुमार पाण्डेले संचालन गरेका थिए ।

Post a comment