info@reednepal.org
(977) 1 5521942 / 5010980, Hotline number: 9840033383, Child safeguarding focal person number 9846063155

Blog

कमजोर आर्थिक अवस्था भएका ३२३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सोलुखुम्बु । सोलुखुम्बुका ३२३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) सोलुुखुम्बुले विगत आठ वर्षदेखि वितरण गर्दै आएको छात्रवृत्तिलाई यो वर्ष पनि निरन्तरता दिएको हो । आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित भएका बालबालिकाहरूलाई विद्यालयमा नियमित उपस्थिति गराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको हो ।  चालु आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका आठ स्थानीय तहमध्ये सात स्थानीय तहका कक्षा १० सम्मका अध्ययनरत विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्ति कार्यक्रमअनुसार झोला, ज्याकेट, कपी, मास्क, सेनिटाइजर, टुथपेस्ट र ब्रस वितरण गरिएको रिड नेपालका सोलुखुम्बु शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाका ४३, नेचा सल्यानका ४८, थुलुङ दूधकोशीका ९१, माप्यदूधकोशीका ४८, महाकुलुङका ३५, सोताङका ३९ र लिखुपिके गाउँपालिकाका १९ गरी जम्मा ३२३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइएको संयोजक गिरीले बताउनुभयो ।

रिड नेपालले प्राविधिक उच्च शिक्षा हासिलका लागि सोलुदूधकुण्ड नगरपालिका–७ गार्मास्थित गार्मा माविमा प्राविधिक धार कृषि बालिविज्ञान अध्ययनका लागि पाँच जना छात्राहरूलाई गत वर्षदेखि पूर्ण छात्रवृत्तिको व्यवस्थासमेत गरेको रिड नेपालले जनाएको छ ।

Post a comment